मकवानपुरमा २ महिनाकी सुत्केरीमाथि बलात्कार
मकवानपुर । यहाँको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । प्राप्त सूचन अनुसार, महिलाको श्रीमानलाई बाँधेर ती सुत्केरीमाथि बलात्कार भएको हो ।
गत शुक्रबार बेलुका राक्सिाराङ गाउँपालिका वडा नं. १ गुन्द्रुङ भन्ने ठाउँमा २४ वर्षीया सुत्केरी महिलामाथि बलात्कार भएको हो ।
एक अपरिचित व्यक्ति ती महिलाको घरमै गएर उनलाई बलात्कार गरेको अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
घटनाबारे मकवानपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
