काठमाडौं उपत्यकामा कर्फ्यु र निषेधाज्ञा खुकुलो, जनजीवन सामान्यतर्फ

तु खबर संवाददाता
२०८२ भाद्र २७, शुक्रबार १०:३१

काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। अघिल्लो दिनको तुलनामा आज बिहान सवारीसाधनहरूको आवागमन बढेको देखिएको छ।

नेपाली सेनाले दिउँसोको समयमा कर्फ्यु हटाएको छ। सेनाले जारी गरेको सूचनाअनुसार आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्र कर्फ्यु लागू हुने छ।

यस्तै, जेनजी प्रदर्शनका क्रममा हिंसात्मक घटना भएपछि लगाइएको सुरक्षा निषेधाज्ञा पनि खुकुलो बनाइएको छ। बिहान ११ बजेसम्म निषेधाज्ञा पूर्ण रूपमा हटाइएको थियो भने दिउँसो ११ बजेदेखि बेलुकी ५ बजेसम्म पुनः लागू हुने व्यवस्था गरिएको छ।

कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाउँदै लगिएपछि उपत्यकामा जनजीवन सहज बन्दै गएको छ। विशेषगरी बिहानको समयमा सडकमा सवारीसाधनहरूको उपस्थिति अघिल्ला दिनको तुलनामा उल्लेख्य रूपमा बढी देखिएको छ।