त्रिभुवन विश्वविद्यालय कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

तु खबर संवाददाता
२०८२ भाद्र २६, बिहीबार १०:४३

काठमाडौं । मुलुकमा विद्यमान असामान्य परिस्थितिलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक ११ गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गरिएको जानकारी दिएको हो । विश्वविद्यालयले छठ पर्वपछि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जनाएको छ ।

रजिस्ट्रार कार्यालय प्रमुख लिली थापा क्षेत्रीले निकालेको सूचनामा हिउँदे बिदाबाट कटौती गर्नेगरी हालका बिदाहरू मिलाइएको उल्लेख छ ।