त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

तु खबर संवाददाता
२०८२ भाद्र २५, बुधबार १६:२२

काठमाडौं । अनिश्चितकालका लागि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ।

बुधबार बसेको विमानस्थल सुरक्षा समितिको बैठकले सर्वसम्मत निर्णय गर्दै विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको हो। समितिका अनुसार परिस्थिती सामान्य बन्दै गएपछि यस्तो निर्णय गरिएको हो।

निर्णयसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान क्रमशः नियमित तालिकाअनुसार सञ्चालनमा आउने जनाइएको छ।