राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ भाद्र २३, सोमबार १५:०७

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । केहीलाई गोली लागेको छ । अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।

दिउँसो साढे १२ बजेबाट कर्फ्यू लागेपनि अहिलेसम्म प्रदर्शन रोकिइरहेको छैन ।