एमाले विधान महाधिवेशन :ओलीले रोकेपछि कर्ण थापाको फरक मत पेस हुन पाएन
काठमाडौँ ।नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गर्न लागेको फरक मत अध्यक्ष केपी शर्मा ओलीले रोकिदिएका छन्।
महाधिवेशनमा थापाको फरक मत पेस गर्ने कार्यसूचीमै राखिएको भए पनि अन्ततः अवसर दिइएन। थापाले महाधिवेशन हलमै आफ्नो मत राख्न खोज्दा अध्यक्ष ओलीले समूहगत छलफलमा लैजान निर्देशन दिएका थिए।
थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर सीमा हटाउने लगायतका विषयमा ३२ पृष्ठ लामो फरक दस्तावेज तयार पारेका थिए। केन्द्रीय सचिवालयले समेत अघि बढाएको उक्त प्रतिवेदन प्रतिनिधिहरूलाई वितरण गरिएको भए पनि सभामा पेस गर्ने मौका भने मिलेन।
“कमिटीले पास गरेको हो, सेड्युलमा पनि राखिएको हो तर पेस गर्ने अवसर दिइएन, यसको सन्देश राम्रो जाँदैन,” थापाको भनाइ छ।
