बागमतीमा १० लाख बजेटमाथिका योजना ठेक्काबाट गर्ने प्रदेश सरकारको निर्णय

हेटौंडा । बागमती प्रदेश सरकारले १० लाख वा १० सो भन्दा बढीका योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा लैजाने भएको छ । आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो ।
सकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले १० लाखमाथिका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने मन्त्रिपरिषदबाट निर्णय भएको बताए ।
यसभन्दा अघि उपभोक्ता समिति र कोटेसनमार्फत् हुँदै आएका कामहरु अब ठेक्का प्रकृयामार्फत् अघि बढ्नेछ । सेटिङमा उपभोक्ता समितिमार्फत् गर्ने गरी पारिएका योजनाहरु सबै ठेक्का प्रणालीमार्फत् कार्यान्वयनमा जाने भएको हो ।