नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्यो
काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलेको छ । आज भर्ना छनौट निर्देशनालयले सार्वजनिक गरेको सूचना अनुसार अधिकृत क्याडेट पदमा २८० जनाका लागि भर्ना खुलेको हो ।
खुलातर्फ १४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छुट्याइएको छ ।
महिलाका लागि २४, आदिवासी जनजातिका लागि ३८, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाको आरक्षण छुट्याइएको नेपाली सेनाको सूचनामा उल्लेख छ । उमेर पुगेका नेपाली नागरिकले भर्नाका लागि आवेदन दिन सक्नेछन् ।
