मुख्यमन्त्रीसित बहुमत रहेकोले सहयोग गर्न परेन : राप्रपा नेता थापा

तु खबर संवाददाता
२०८२ श्रावण २७, मंगलवार १८:२३

हेटौंडा । राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । प्रदेशसभामा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले विश्वासको मत लिने क्रममा प्रदेशसभामा बोल्दै नेता थापाले सरकारसँग सुविधाजनक बहुमत रहेका बताए ।

अहिलेको सिस्टम फेल भइसकेको बताउँदै उनले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र प्रधानमन्त्री हुने व्यवस्था आवश्यक रहेको उनले बताए । गणतन्त्र र संघीयताले देशलाई बर्बाद बनाइरहेको थापाको भनाइ छ ।

अहिले जनतालाई बोल्न समेत नदिइएको थापाले बताए । ५ जनाभन्दाबढी भेला हुन नदिएर सरकारले लोकतन्त्रको खिल्ली उडाएको थापाले बताए ।
मुख्यमन्त्री बानियाँसित बहुमत रहेकोले आफूहरुले सहयोग गर्न नपरेको थापाले बताए ।