आज रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै

तु खबर संवाददाता
२०८२ श्रावण २४, शनिबार ०९:२८
file photo

काठमाडौं । आज रक्षा बन्धन तथा जनै पूर्णिमा मनाइँदैछ । साउन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइने गरेको छ । रक्षा बन्धन र जनै धारण गरेर आजको पर्व मनाइँदैछ ।
आजको दिन बिहानैदेखि सनातन धर्मावलम्बीहरुले स्नान गरेर पुरुहितबाट रक्षा बाँध्न लगाउने र जनै धारण गर्ने प्रचलन छ ।

डोरो बाँध्नाले नकारात्मक तत्वबाट सुरक्षा हुने विश्वास छ ।

डोरो बाँध्ने बेलामा विशेष मन्त्र उच्चरण गरेर डोरो बाँध्ने चलन चलिआएको छ । आज धार्मिक मठ मंदिरहरुमा भक्तजनहरुको घुइचो लागेको छ । भक्तजनहरुले विहानै नुहाएर जनै डोरो लगाएका छन् ।