चितवनका २४ वटा कन्सल्टेन्सी बन्द गर्ने निर्णय

तु खबर संवाददाता
२०८२ श्रावण २३, शुक्रबार ११:५७
Photo : daochitwan

काठमाडौँ । चितवन जिल्ला प्रशासन कार्यालयले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका २४ वटा संस्थालाई बन्द गर्न जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको छ। कार्यालयका अनुसार साउन १८ गते शिक्षा विकास तथा प्रविधि मन्त्रालय र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति पत्र तथा सोसँग सम्बन्धित कागजात तीन दिनभित्र पेश गर्न सूचना प्रकाशित गरिएको थियो। तर तोकिएको समयसीमा भित्र कागजात पेश नगर्ने र पटक–पटक सूचना प्रकाशन गरे पनि आवश्यक कागजात नपेश गर्ने संस्थाहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको हो।

बन्दको सिफारिसमा परेका संस्थामा लायन्सचोकस्थित अक्टुबर एजुकेशन कन्सल्टेन्सी, भरतपुरस्थित आईएलएस ल्याङ्ग्वेज एण्ड भिसा सर्भिसेज, एइसिसि स्टडी एब्रोड कन्सल्टेन्सी, एक्स्ट्रिम एजुकेशन कन्सल्टेन्सी, शहिदचोकस्थित एजुकेशन एण्ड माइग्रेसन सेन्टर, लायन्सचोकस्थित एजुकेशन एशिया चितवन, भरतपुरकै एनआईइसि, एनसिएस कोरिया, एसआई ग्लोबल, एसि ग्लोबल चितवन, एसिड टेष्टिङ्ग हब र कँडेल कन्सल्टेन्सी एजुकेशन रहेका छन् ।

साथै, कनेक्ट निहोन, कमलनगरस्थित किंगफिशर एजुकेशन कन्सल्टेन्सी, क्यानन इन्टरनेशनल एजुकेशन, के.एल. मल लायन्सचोकस्थित क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसेज, गोल्डेन गेट, लायन्सचोकस्थित चितवन कोरियन कल्चर सेन्टर प्रा.लि., बिन्दु एजुकेशन प्रा.लि., जापान लिङ्क, जेब्रा एस्याएर प्रिफेक्सन, डल्फिन एजुकेशन, डाँफे कन्सल्टेन्सी एजुकेशन एण्ड माइग्रेसन र डिप ल्यु एजुकेशन कन्सल्टेन्सी बन्दको सिफारिस परेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले अनुमति पत्र र सम्बन्धित कागजातबिनै सञ्चालनमा रहेका यी संस्थाहरुलाई कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमार्फत थप प्रक्रिया अघि बढाउने जनाएको छ।