सवारी लाइसेन्सको म्याद अब १० वर्ष हुने
काठमाडौँ । सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्ष हुने भएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनमा लाइसेन्सको म्याद दश बर्षको हुने व्यवस्था गरिएको र सो राजपत्रमा प्रकाशित भएकोले अब लाइसेन्सको अवधि दश बर्षलाई मान्य हुने भएको हो । यस अघि लाइसेन्स ५ वर्ष मात्र मान्य हुने र त्यसपछि नविकरण गर्ने व्यवस्था थियो ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा रहेका “पाँच वर्षसम्म” भन्ने शब्दहरूको सट्टा “दश वर्षसम्म भन्ने शब्दहरू राखिएको छ । जसका कारण लाइसेन्सको मान्य अवधि दश बर्षको हुने भएको हो ।
