बागमती प्रदेशको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ

तु खबर संवाददाता
२०८२ श्रावण १६, शुक्रबार १६:०७

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्र बाँनिया मुख्यमन्त्री बन्ने भएका छन् । संसदीय दलको नेताको रुपमा निर्वाचित भएका बानिया मुख्यमन्त्री बन्न लागेका हुन् ।

संसदीय दलको चुनाव हारेसँगै म राजिनामा दिदैदिन्न भने मनस्थिती बनाएका मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेस सभापति शेर बहादुरको निर्देशनमा राजिनामा दिने भएका छन् । उनलाई सभापति देउवाले राजिनामा दिएर अघि बढ्न निर्देशन दिएपछि राजिनामा दिन लागेका हुन् ।

मुख्यमन्त्री लामाले सम्भवत भोलिसम्म राजिनामा दिने भएका छन् । उनले राजिनामा दिनेवित्तीक्कै संसदीय दलका नेता बाँनियालाई नेपाली कांग्रेसले नेकपा एमाले लगायतको समर्थनमा मुख्यमन्त्री बनाउने भएको छ ।