यो साता नेप्सेमा ३ करोड कित्ता शेयर सूचीकृत

तु खबर संवाददाता
२०८२ श्रावण ३, शनिबार १३:११

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता मात्रै ३ करोड १ लाख ९३ हजार ५५१.९१ कित्ता शेयर सूचीकृत भएको छ।

आइतबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापत २४ लाख ६६ हजार ३६२.९१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

सोमबार नेपाल फाइनान्सको लिलामद्वारा बिक्री गरिएको हकप्रद शेयर बापत २ लाख ९९ हजार ५०० कित्ता र सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद शेयर बापत १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

त्यस्तै मंगलबार ट्रेड टावर लिमिटेडको आईपीओ बापत ८१ लाख ५६ हजार ९७ कित्ता शेयर सूचीकृत भएको थियो। बिहीबार नेप्सेमा सान्भि इनर्जीको आईपीओ बापत ८८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।