माधब नेपाल र बामदेव गौतमको पार्टीबीच एकता घोषणा हुँदै
काठमाडौँ । नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच आज एकीकरणको घोषणा हुने भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल र अभियानका संयोजक बामदेव गौतमबीच दुबै पार्टीबीच एकीकरण गर्ने सहमति अनुसार आज घोषणा हुने भएको हो ।
एकीकरणपछि गौतमलाई एकीकृत समाजवादीको तेस्रो बरियताको नेताको हैसियत दिने सहमति भएको छ । सहमति अनुसार, नेपाललाई पहिलो, दोस्रोमा झलनाथ खनाल र तेस्रोमा गौतमलाई बरियता दिने सहमति भएसँगै एकीकरण घोषणा हुन लागेको हो ।
नेकपा गठन भएर अदालतको आदेशमा विभाजन भएपछि कतै पनि नलागी अभियान घोषणा गरेका गौतम त्यसयता नेकपा एमालेमा प्रवेश गर्ने अन्तिम तयारीमा थिए । तर, एमालेबाट भनेजस्तो नभएपछि उनी समाजवादीमा सहभागी हुन लागेका हुन् ।
एमालेमा जान नपाएपछि गौतम समाजवादीमा जान तयार भएका थिए । तर, समाजवादीले पनि गौतमको माग सम्बोधन गर्न आनाकानी गरेपछि गौतम र समाजवादीबीचको एकता रोकिएको थियो । अहिले समाजवादीले गौतमलाई तेस्रो बरियताको नेताको रुपमा स्वीकार गरेपछि यी दुईबीच एकता घोषणा हुन लागेको हो ।



