नेपाली सेनाका २१ जनाको बढुवा

तु खबर संवाददाता
२०८२ असार ३२, बुधबार १५:२१

काठमाडौँ । नेपाली सेनामा कार्यरत २१ जनाको बढुवा भएको छ । मन्त्रिपरिषद्ले एक जना प्रमुख सेनानी, एक जना महासेनानी र १९ जना सहायक सेनानीहरुको बढुवा भएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा गर्ने निर्णय गरेको जानकारी दिइएको हो । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा कार्यरत २१ जनाको बढुवा गरिएको जानकारी दिएका हुन् ।