गृहका चार सहसचिवको सरुवा, अध्यागमनमा रिजालको ठाउँमा तिवारी

तु खबर संवाददाता
२०८२ असार ३१, मंगलवार १८:०५

काठमाडौं । गृह मन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको छ। मन्त्रालयले मंगलबारको निर्णय अनुसार प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।

यसअघि अध्यागमन विभागका महानिर्देशक रहेका गोविन्दप्रसाद रिजाललाई मन्त्रालयमा लगिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि मन्त्रालयमा तानिएको छ।

उनको स्थानमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ। खोटाङमा रिक्त भएको प्रमुख जिल्ला अधिकारीको पदमा गृह मन्त्रालयले कल्पना श्रेष्ठलाई पठाउने निर्णय गरेको छ।