मकवानपुरको बकैयाबाट जुवा खेलिरहेका २२ जना पक्राउ

तु खबर संवाददाता
२०८२ असार २८, शनिबार १७:१२

मकवानपुर । यहाँस्थित बकैया गाउँपालिका–५ स्थित मिलन थिङको घरमा जुवा खेलिरहेका २२ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुबाट ८ लाख छत्तीस हजार रुपैयाँ नगद र ३ सेट कौडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बकैया गाउँपालिका–५ राजदमारस्थित थिङको घरमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारी ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नजिकका इलाका प्रहरी कार्यालय फापरबारी, प्रहरी चौकी हात्तिसुँडे, प्रहरी पोष्ट गरगरेबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले मकवानपुर बकैया गाउँपालिका वडा नं. ५ राजदमार बस्ने बर्ष ४६ को घरधनी मिलन थिङ, हेटौडा उपमहानगरपालिका १८ बस्ने बर्ष ४५ को कमल थापा, सिन्धुली दुधौली नगरपालिका वडा नं. २ बस्ने बर्ष ३७ को कैलाश धामी, मकवानपुर हेटौडा ८ कमाने बस्ने बर्ष ५३ को फडिन्द्र प्रसाद घिमिरे , मकवानपुर हेटौडा १६ हटिया बस्ने बर्ष ४६ रमेश महत, मकवानपुर बागमती गाउँपालिका ६ पाथीभारा बस्ने बर्ष ४५ को शेर बहादुर राना, बर्ष ३३ को दिपक दोङ, मकवानपुर झुरझुरे बस्ने बर्ष ४६ को रबि चौधरी, रौतहट गौर नगरपालिका ९ बस्ने बर्ष ५५ ईश्वर चौधरी, मकवानपुर बकैया ७ बस्ने बर्ष ३८ को रोहन लुङबा, हेटौडा ४ हुप्रा बस्ने बर्ष ५२ को कृष्ण लामा लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले  बागमती गाउँपालिका ७ बस्ने बर्ष २२ को बिजय तामाङ, रौतहट बोधिमाई ८ बस्ने बर्ष ३५ को बिजय साह कलवार, मकवानपुर बकैया ४ जुरेली बस्ने बर्ष को गेहेन्द्र ब. थिङ, बागमती ७ बस्ने बर्ष ४० को राज कुमार फुयाल, बर्ष ३० को अणराज राउत, सिन्धुली मरिन गाउँपालिका ३ बस्ने बर्ष ४९ को बेनी ब। मुक्तान, बर्ष ४३ को उमेश माझी, कमलामाइ नगरपालिका १० बस्ने बर्ष ५५ को शेर बहादुर थापा, मकवानपुर हेटौडा  ९ लामसुरे बस्ने बर्ष ३७ को दिनेश लामा, हेटौडा- ८ कमाने बस्ने बर्ष ३६ को चित बहादुर पाख्रिन र हेटौडा- १८ ठुलो दमार बस्ने बर्ष ३५ को अशोक श्रेष्ठ लाई पक्राउ गरिएको र उनीहरुलाई आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।