विदेश जानेले ३ हजार डलरसम्म सटही सुविधा पाउने

तु खबर संवाददाता
२०८२ असार २७, शुक्रबार १३:४३

काठमाडौं । अबदेखि विदेश भ्रमणमा जाने व्यक्तिले साथमा ३ हजार डलर बराबरको रकम सटही सुविधा पाउने भएका छन् । यस अघि २ हजार ५ सय डलर मात्र साट्ने सुविधा थियो ।

आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । पौडेलको घोषणापछि अब विदेश जान पर्ने व्यक्तिले ३ हजार डलर बराबरको विदेशी रकम साटेर जान सक्नेछन् ।

बैंकहरुले डलर सुविधा उपलब्ध गराउँदा अनिवार्य खाता खोल्नुपर्ने, नगद मै सहटी नदिएर डलर कार्ड बनाउनुपर्ने जस्ता सर्तहरु राख्ने गरेका कारण विदेश जाने पर्यटक, कामदार र विद्यार्थीहरुले निकै सास्ती खेप्दै आउनु परेको छ । यसबारे भने मौद्रिक नीतिमा केही उल्लेख गरिएको छैन ।