सरकार र चिकित्सकबीच साँझ वार्ता

तु खबर संवाददाता
२०८२ असार २४, मंगलवार १७:२१

काठमाडौं । आन्दोलनरत स्वास्थ्यकर्मी र सरकारका प्रतिनिधिबीच आज साँझ वार्ता हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्री प्रदिप पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र कानून मन्त्री अजय चौरसियालाई चिकित्सकहरुसँग वार्ता गरी समस्या समाधान गर्न जिम्मेवारी दिएका छन् ।

चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीसमेतको टोलीसँग प्रारम्भिक छलफल पछि साँझ वार्ता गर्ने सहमति भएको हो । सो छलफलमा मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालको पनि उपस्थिति रहेको थियो । साँझ ६ बजे संघका पदाधिकारी र सरकारका प्रतिनिधि बसेर सहमति गर्ने तय भएको छ ।

उपभोक्ता ऐन र मुलुकी फौजदारी ऐन संसोधन गर्नुपर्ने माग चिकित्सकहरुको छ । उनीहरुले देशैभरका स्वास्थ्य सेवा (इर्मेजेन्सीबाहेक) सबै ठप्प पारेका छन् । मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउने धम्की संघले दिँदै आएको छ ।