थाहा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुरी विरुद्ध अख्तियारद्वारा मुद्धा

तर हालसम्म भएको छैन भुक्तानी
तु खबर संवाददाता
२०८२ असार २३, सोमबार ०९:२१
file-photo

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थाहा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित पाँचजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुरीसमेत तत्कालीन लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, ईन्जिनियर सन्तोष बोहरा र सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, शुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. तथा उक्त प्रा.लिका अध्यक्ष / प्रोप्राइटर सोबित प्रसाईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारका अनुसार, उनीहरूविरुद्ध जनही  १ करोड १० लाख १ हजार १९९ रुपैयाँ ७५ पैसा बिगो कायम गरी कैद र जरिवानासमेत माग गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा अक्सिजन जेनेरेसन प्लान्ट खरिदको लागि प्रदेश सरकारबाट ५५ लाख र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड गरी जम्मा १ करोड ५५ लाख बजेट विनियोजन भएकोमा आपसी मिलेमतोमा बदनियतपूर्वक स्वीकृत स्पेशिफिकेसनमा उल्लेखित विशेषता भन्दा फरक प्रवृति एवं प्रविधिको सामान उपलब्ध गराउन प्रस्तावक सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. ले पेश गरेको रु. १ करोड १० लाख १ हजार १९५ रुपैयाँ ७५ पैसा को बोलपत्रलाई प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण गराई सम्झौता गरेको अख्तियारको भनाई छ ।

तर सो कार्यको भुक्तानी भने हालसम्म गरिएको छैन ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab