इन्डोनेसियामाथि नेपालको विशाल अन्तरको जित

काठमाडौं । क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरको जित निकालेको हो । नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो ।
ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा इन्डोनेसियामाथि विशाल अन्तरको जित हासिल गरेको छ ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाउँदै इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको थियो ।