आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

तु खबर संवाददाता
२०८२ असार १४, शनिबार ०७:५१
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभमा सम्बोधन गर्ने भएका छन् । नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलेले दिएको जानकारी अनुसार आज प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको हो । आज बिहान ११ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज साँझ स्पेन जादैछन् । संयुक्त राष्ट्रसंघको आयोजनामा हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने कार्यक्रम छ र सोही बारे प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा जानकारी गराउनेछन् ।

त्यस्तै प्रधानमन्त्रीले समसामयिक विषयमा पनि धारणा राख्ने नेता बर्तौलाले जानकारी दिए ।