प्रधानमन्त्रीलाई गाली गर्ने बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश

तु खबर संवाददाता
२०८२ असार १२, बिहीबार १८:०६
फोटो : काठमाडौं जिल्ला अदालत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई सामाजिक सञ्जाल टिकटकमार्फत् गाली गर्ने रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

केही दिनअघि प्रधानमन्त्री ओली,गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई गालीगलौज गर्ने बस्नेतलाई जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले ३० हजार रुपैयाँमा छाड्न आदेश दिएको हो ।

उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्धा दर्ता गरिएको थियो । प्रधानमन्त्रीसमेतको अपमान र बेइज्जत गरी द्वेष फैलाएको आरोपमा असार १ गते उनी पक्राउ परेकी थिइन् ।