विशेष अदालतमा माधव नेपालको बयान सकियो

काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा हाजिर भई बयान दिएका पूर्वप्रधानमन्त्री माधबकुमार नेपालको बयान सकिएको छ । विशेष अदालतका सदस्यहरु न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान भएको हो ।
पतञ्जिली जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको जेठ २२ गते अदालतमा मुद्धा दर्ता गरेको थियो ।
बरिष्ठ कानून व्यवसायीहरु तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालसँग परामर्श गरेपछि नेपालले अदालतमा उपस्थित हुन पाउन निवेदन पेश गरेका थिए । सो निवेदनपछि नेपालको बयान विशेष अदालतको २ नम्बर इजलासमा भएको थियो । अब आजै थुनछेक बहस हुनेछ ।