विशेष अदालतमा माधव नेपालको बयान जारी

तु खबर संवाददाता
२०८२ असार ११, बुधबार १४:१७
file-photo

काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्धा दर्ता गरिएपछि आज विशेष अदालतको २ नम्बर इजलासमा उपस्थित पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान जारी छ ।

विशेष अदालतका सदस्यहरु न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान भइरहेको हो ।

पतञ्जिली जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको जेठ २२ गते अदालतमा मुद्धा दर्ता गरेको थियो ।

बरिष्ठ कानून व्यवसायीहरु तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालसँग परामर्श गरेपछि नेपालले अदालतमा उपस्थित हुन पाउन निवेदन पेश गरेका थिए । सो निवेदनपछि नेपालको बयान विशेष अदालतको २ नम्बर इजलासमा भइरहेको हो ।