गृहमन्त्री रमेश लेखक स्वच्छ छवीका : घिमिरे

काठमाडौँ । गृहमन्त्री रमेश लेखक स्वच्छ छवी भएका व्यक्ति भएको दावी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे गरेका छन् ।
आज मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक घिमिरेले गृहमन्त्री लेखक स्वच्छ छवी भएको र वेदाग चरित्रको व्यक्ति भन्दै उनको प्रशंसा गरेका हुन् ।
भिजिट भिजा छानबिनका लागि गठन गरिएको समितिले निश्पक्ष रुपमा काम गर्ने र त्यसमा मन्त्री लेखकको कुनै हस्तक्षप नुहने घिमिरेको दावी थियो । बनाइएको समितिलाई साथ दिन र समितिलाई अपनत्व गरेर शङ्काको सुविधा दिएर हेर्न रास्वपा र राप्रपालाई घिमिरेको आग्रह थियो ।