बागमतीमा ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रस्तुत

तु खबर संवाददाता
२०८२ असार १, आईतवार २२:३६

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी बर्षको लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । आज प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेका हुन् ।

बजेटको आकारको विषयलाई लिएर विवाद भएपछि दिउँसो ३ बजेका लागि बस्ने भनिएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । राति अबेर गरी बसेको बैठकमा मन्त्री काफ्लेले कृषी तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्व ६३ करोड ४२ लाख सस्कृती तथा पर्यटन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० लाख,सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि २५ करोड ७८ लाख,उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्रालय ७७ करोड ९६ लाख बिनियोजन गरेका छन् ।

त्यस्तै वन तथा वातावरण मन्त्रालयलाई ३ अर्व ९९ करोड ६७ लाख बिनियोजन,श्रम तथा यातायात मन्त्रालय ८७ करोड ४१ लाख बिनियोजन गरेका छन् । स्वास्थ्य मन्त्रालयको लागि ३ अर्ब९६ करोड ८८ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयलाई ४ अर्ब ३५ करोड ९७ लाख र युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब १६ करोड बिनियोजन गरिएको छ ।

त्यसैगरी, भौतिक पुर्वाधार विकास मन्त्रालयलाई २४ अर्व ३५ करोड १९ लाख बिनियोजन गरिएको छ भने खानेपानी, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको लागि ७ अर्ब२८ करोड ७१ लाख बजेट बिनियोजन भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ६२ करोड ११ लाख बिनियोजन गरेका मन्त्री काफ्लेले प्रदेश युवा परषद् र खेलकुद परिषद्लाई गाँभ्ने घोषणा गरेका छन् भने दुग्ध विकास बोर्ड र सहकारी बोर्ड लगायतका संरचनाहरु खारेज गर्ने घोषणा गरेका छन् ।