अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिएको छ ।
शुक्रबार उपसचिवहरुलाई जिम्मेवारी दिने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ । सचिवस्तरीय निर्णयबाट २३ उपसचिवलाई जिम्मेवारी दिइएको हो ।
आशिष अर्याल, चुडामणि अर्याल, अनुप ढकाल, नवराज बराल, प्रमोद खनाल, लक्ष्मी तिवारीलगायतका २३ जना उपसचिवलाई जिम्मेवारी दिइएको हो ।
यता २३ उपसचिवलाई जिम्मेवारी दिएपनि अन्य केही कर्मचारीलाई भने जगेडामा राखिएको छ । उपसचिवहरु अकबर प्रधान, राजमणि निरौला र रुकु शर्मा पौडेललाई जिम्मेवारी बिहीन बनाइएको हो ।
