मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, धेरै एजेण्डामा विदेश भ्रमण स्वीकृत

तु खबर संवाददाता
२०८२ जेष्ठ ८, बिहीबार १४:४६

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज सार्वजनिक गरिएका छन् ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको निर्णय अनुसार, नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्ति, आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ को स्वीकृति, नायब महान्यायाधीवक्ता संजीवराज रेग्मीलाई अष्ट्रियाको भियनामा आयोजित कार्यक्रममा सहभागी हुन स्वीकृति, चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिने लगायतका छन् ।

त्यस्तै, मन्त्रिपरिषद्ले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको आदेश २०८२ लाई पनि स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता गुरुङले जानकारी दिए ।