नेपाल सरकारका सहसचिव भट्टराई पक्राउ, आजै भए रिहा

तु खबर संवाददाता
२०८२ जेष्ठ ७, बुधबार २१:०८
file-photo

काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अध्यागमन प्रमुख रहेका भट्टराईलाई हिजैमात्र गृह मन्त्रालयमा तानिएको थियो ।

मानव तस्करीको गिरोहसँग सम्बन्ध रहेको आशंका गरिएपनि सो कुराको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । उनलाई अख्यिारको टंगालस्थित हिरासतमा राखिएको थियो । भोलि उपस्थित हुने गरी उनलाई आजै छाडिएको छ ।

अख्तियारले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो ।