गभर्नर सिफारिस समितिको बैठक सुरु
काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको छ ।बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ । प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सत्तारुढ दलमा सहमति जुटिसकेको छ ।
समितिमा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे छन् ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा।डा। पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
सिफारिस समिति बैठक लगत्तै आजै मन्त्रिपरिषद् बैठक पनि बस्दैछ ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्त गर्न सक्ने बताइएको छ ।
लामो समयदेखि सत्ता गठबन्धनका दलहरुबीच कुरा नमिल्दा राष्ट्र बैंक नेतृत्व विहीन छ । यसले समग्र देशकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको भन्दै चौतर्फी विरोध हुँदा पनि सरकारले गभर्नर नियुक्त गर्न सकिरहेको छैन ।



