रसुवा नाकाबाट सात किलो सुन बरामद

तु खबर संवाददाता
२०८२ जेष्ठ ५, सोमबार ०८:०४
साङ्केतिक फोटो

काठमाडौँ । रसुवा नाकाबाट ठूलो परिमाणमा तस्करीको सुन बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार चीनबाट नेपालतर्फ आउँदै गरेको एक ट्रकमा लुकाइछिपाई ल्याइँदै गरेको अनुमानित ७.५ किलो सुन बरामद गरिएको हो।

प्रहरीले सो ट्रकका चालकलाई पक्राउ गरेको छ भने बरामद सुनको परिमाण जोख्ने काम भइरहेको छ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हुने सुन तस्करीप्रति निगरानी कडाइ गरिएपछि तस्करहरूको ध्यान उत्तरी नाकातर्फ सरेको देखिएको छ।