नारी संरक्षण केन्द्रद्वारा शैक्षिक समाग्री वितरण
हेटैंडा । नारी संरक्षण केन्द्रले आज एक कार्यक्रमका आयोजना गरी शैक्षिक समाग्री वितरण गरेको छ। सुरक्षा र शिक्षा परियोजनाको सामुदायिक बालबालिका छात्रवृत्ति कार्यक्रम अन्तर्गत ती छात्रवृत्ति वितरण गरिएको आयोजक संस्थाले जानकारी दिएका छ ।
नारी संरक्षण केन्द्रका अध्यक्ष दिपा कुमारी गुरुङको अध्यक्षता तथा हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख अतिथित्यथामा कार्यक्रम भएको हो । कार्यक्रममा गैसस महासंघ,मकवानपुरका अध्यक्ष रमिला सापकोटा, माइती नेपाल मकवानपुरका माया लामा, मिरा मकवानपुरका कार्यक्रम संयोजक ध्रुव अधिकारी, कोशिष बागमती प्रदेश फोकल पर्सन सकुन्तला पौडेल, हिमराइट्स मकवानपुरका फिल्ड सुपरभाइजर साहयक इन्द्र कुमारी तामाङ लगायतको उपस्थितिमा भएको थियो ।
कार्यक्रममा आमा वा बुबा मध्ये कोही निधन भई विद्यालय जान बंचित भएका, मानव बेचबिखन तथा विभिन्न हिंसा प्रभावितका छोराछोरी, सिमान्तकृत, अति विपन्न तथा नाजुक आर्थिक अवस्था भएका बालबालिका विद्यर्थीहरुलाइ सहायोग गरिएको कार्यक्रम संयोजक जेरोम घलेले बताए । हेटौंडा उपमहानगरपालिका वडा नं. १ १, ४, ५, ६, ८ ,१०, ११, १४, १६, १८ र १९ गरी ११ वटा वडाका ६६ जना विद्यर्थीहरुले सहयोग प्रप्त गरेको संयोजक घलेले बताए ।
विद्यालय र सम्बन्धित वडा कार्यलयको सिफरिसमा छात्रावृत्ति कार्यक्रम छनोट भई निरन्तर सहयोग प्राप्त गरिरहेका र नयाँ गरी ६६ जनालाई ब्याग कापी, कलम युनिफर्म लगायात शैक्षिक समाग्री वितरण गरिएको थियो । सो सहयोग एक पटक सुरु भएपछि १२ कक्षासम्म निरन्तर रहने आयोजक संस्थाले जानकारी दिएको छ ।



