कुलेखानी–कलंकी–हुमाने सडक बन्द हुने
काठमाडौं । कुलेखानी–कलंकी–हुमाने सडकखण्ड जेठ २ गतेदेखि २० गतेसम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना प्रकाशित गर्दै सडक निर्माणका लागि पूर्ण रुपले बन्द गर्न लागिएको जानकारी दिएको छ ।
काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।
विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्दप्रसाद कडेलद्वारा जारी विज्ञप्तीमा सो सडक निर्माणका लागि पूर्ण रुपमा बन्द हुने उल्लेख छ ।




