गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा

तु खबर संवाददाता
२०८२ बैशाख १०, बुधबार ११:४५

काठमाडौं । गभर्नर नियुक्तिसँग जोडिएको विवादमाथिको रिट र पूरक निवेदन आज सर्वोच्च अदालतको न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ।

६५ वर्ष उमेर हद नाघेका व्यक्तिलाई समेत गभर्नर नियुक्त गर्न सकिने गरी संशोधित ‘सार्वजनिक निकाय पदाधिकारी तथा सदस्य नियुक्ति मापदण्ड’ विरुद्ध परेको रिट र त्यसमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुणाकर भट्टलाई गभर्नर बनाउने प्रक्रियालाई रोक्न माग गरिएको पूरक निवेदन इजलासमा पेश भएको हो।

स्रोतका अनुसार उक्त विषयमा आइतबारदेखि लगातार तीन दिन पेसी तोकिए पनि कार्यव्यस्तताका कारण सुनुवाइ हुन सकेको थिएन। आज भने इजलासको एघारौँ नम्बरमा उक्त मुद्दा राखिएको छ।