मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार बर्खास्त

तु खबर संवाददाता
२०८१ फाल्गुन २१, बुधबार १०:५८

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई विश्वविद्यालय सभाबाट बर्खास्त गर्ने निर्णय गरिएको छ । जनकपुरधाममा बसेको विश्वविद्यालय सभाले उपकुलपति डा. बैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको हो ।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले ७ असोजमा बुझाइएको प्रतिवेदनको आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले बर्खास्त गरिएको हो ।

सभामा विश्व विद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतिशकुमार सिंह, सहकुलपति शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीलगायत विश्व विद्यालय सभाका पदाधिकारी तथा सदस्यहरु सहभागी सो सभाले दुबै जनालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।