पूर्वयुवराज पारस शाहलाई हृदयघात, उपचार नर्भिक अस्पतालमा
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । उनलाई हृदयघात भएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ । शाहको एन्जियोग्राफीपछि थप उपचार भइरहेको अस्पतालले जनाएको छ ।
पूर्व युवराज पारसलाई यसअघि तीन पटक हृदयघात भइसकेको छ । थप केही दिन अस्पतालमै राखेर उनको उपचार गरिनेछ ।
