केटिएम कन्सल्टिङ ग्रुपको शाखा सिमरामा
बारा । विदेश अध्ययन गर्न चाहने विद्यार्थीको लागि परामर्शदाताको रुपमा काम गर्दै आएको केटिएम कन्सल्टिङ ग्रुपले बाराको सिमरामा शाखा विस्तार गरेको छ । आज जीतपुर सिमरा उपमहानगरपालिकाका उप प्रमुख भोलाप्रसाद अधिकारीले सो शाखाको उद्घाटन गरेका छन् । यो सो ग्रुपको ८ औँ शाखा हो ।
शाखा कार्यालयको उद्घाटनपछि मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख अधिकारीले उच्च शिक्षाका लागि विदेश जान इच्छुक विद्यार्थीलाई जोखिम नहुने गरी सेवा उपलब्ध गराउन अनुरोध गरेका छन् ।
ग्रुपको सिमरास्थित कार्यालयका प्रमुख रितेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, एनप्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीलगायत विभिन्न शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । सन् २०१४ देखि ग्रुपले विदेश अध्ययन गर्न इच्छुक विद्यार्थीलाई विभिन्न परामर्श उपदब्ध गराउँदै आएको छ ।
अष्ट्रेलियाको सिडनी, मेलवर्न, क्यानवेरा र एडिलेडमा ग्रुपको कार्यालय रहेको छ भने नेपालस्थित काठमाडौं, चितवनलगायतका स्थानहरुका पनि कार्यालयहरु खोलेर परामर्शको काम भइरहेको प्रबन्ध निर्देशक कृष्णप्रसाद लामिछानेले जानकारी दिएका छन् ।
