मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ मंसिर १०, सोमबार १०:१५
सांकेतिक तस्वीर

दाङ । दाङको लमहीमा आज बिहान मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

बिहान ४ बजेको समयमा लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडास्थित प्रहरीको ब्यारिकेडमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–३ घर भई हाल तुलसीपुर–९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि तत्काल उद्दार गरी लमही अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै प्रहरीले उनलाई मृत घोषणा गरेको हो । मृतक डाँगी सो मोटरसाइकलमा पटाडी सवार थिए ।

दुर्घटनामा परेर मोटरसाइकल चालक रोशक विक घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।