उद्योग वाणिज्य संघको ३ वर्षे योजना : औद्योगिक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धनदेखि वैदेशिक अध्ययन अवलोकन भ्रमणसम्म

तु खबर संवाददाता
२०७४ माघ २१, आईतवार १७:०९

मकवानपुर, २१ मघ । मकवानपुर उद्योग वाणिज्य संघको त्रिबर्षीय विस्तृत योजना सहितको २ दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकीकरण, क्षेत्र विस्तार, औद्योगिक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, समयसापेक्ष तालिम गोष्ठी, आन्तरिक एवम् वैदेशिक अध्ययन अवलोकन भ्रमण, सहकारी स्थापनालगायतको कार्यक्रमसहित तीन बर्षीय योजना तय गरेको छ ।

माघ १९ र २० गते भएको सो गोष्ठी संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा चितवनको सौराहामा भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, संघका सल्लाहकार भरत पराजुली, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, अध्यक्ष सल्लाहकार नरोत्तम दहाल, संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*