अरिंगालले टोकेर मकवानपुरका गोलेको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १६:३३
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा अरिंगालले टोकेर एक एक जनाको मृत्यु भएको छ ।

जिल्लाको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–४ मा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय छापडाँडामा ३२ वर्षिय सुमन गोले रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, बुधबार साँझ घरदेखी १ किलोमिटर दक्षीण छिमेकीको बारीमा काम गर्ने क्रममा अरिँगालले टोकेर उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनलाई उपचारको लागि आफन्तले मनमोहन स्मृती सामुदायीक अस्पताल फर्फिङ काठमाडौं लगिएको थियो ।

उनको उपचारको क्रममा आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।