पानीमा घोप्टो परी तैरिरहेको अवस्थामा मृत भेटिए मकवानपुरका दोङ

तु खबर संवाददाता
२०८१ श्रावण २७, आईतवार १६:५६
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरका आशाकाजी दोङ मृत अवस्थामा भेटिएका छन् ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५, राजदमार निवासी उनी आज दिउँसो मृत अवस्थामा भेतिएको मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए ।

प्रहरी निरीक्षक पण्डितका अनुसार, ६० वर्षीय उनी स्थानीय सिमात्त खोलामा पानीमा घोप्टो परि तैरिरहेको अवस्थामा मृत भेटिएका हुन् ।

दोङ साउन २६ गते १० बजेको समयमा घरबाट बैङ्कमा पैसा लिन जान्छु भनि निस्किएको बुझिइएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।