मकवानपुरमा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु
मकवानपुर । मकवानपुरमा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नं.१२ फास्टट्रयाकस्थित सुरुङमार्गभित्र बुधबार दिउँसो काम गर्ने क्रममा ढुङ्गाले लागेर एक जना मजदुरको हो ।
ढुङ्गाले लागेर बाराको निजगढ घर भई हाल बकैया–१२ सुरुङमार्गमा काम गरी बस्ने २७ वर्षीय बिमल थिङको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ढुङ्गाले लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
यसैगरी, ढुङ्गालmे लागेर तनहुँ घर भएका २८ वर्षीय राजु बिक गम्भीर घाइते भएका छन् । घाइते विकको हेटौंडा–११, स्थित सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
