हेटौंडामा खेतको आलीबाट लडेर वृद्धको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहानमा खेतको आलीबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८, हर्नाफाट बस्ने ७१ वर्षीय प्रेमबहादुर तुमसिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान ११ बजेको समयमा आफ्नो घरदेखी अन्दाजी ५०० मिटर पुर्बतर्फ छिमेकीको खेतको आलीबाट लडेर उनको मृत्यु भएको हो ।
उनको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
