करेन्ट लागेर महिलाको मृत्यु
कैलाली । कैलालीमा बुधबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका वडा नम्बर २ का ४० वर्षीय लक्ष्मी जैसी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घरमा पोछा लगाउने क्रममा फ्रिजको पछाडीपट्टि रहेको तार छुन गई जैसीलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
