स्विमिङ पुलमा डुबेर युवकको मृत्युु

तु खबर संवाददाता
२०८१ श्रावण २, बुधबार १६:०९
सांकेतिक तस्वीर

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरस्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही पार्टी प्यालेसमा काम गर्ने गुल्मी घर भएका २४ वर्षीय बिमल थापा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार, पौडी खेल्ने क्रममा डुबेपछि उनी गम्भीर घाइते भएका थिए । घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।