देशभर ९ लाख ४० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो
काठमाडौं । हालसम्म देशभर ६७ दशमलव ३ प्रतिशत अर्थात ९ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार, देशभरको सबै प्रदेशमा गरी कूल ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो ।
तीमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाइँ सकिएको छ । त्यस प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो ।
यस्तै, कोशी प्रदेशमा ६१ दशमलव ७, मधेस प्रदेशमा ६१ दशमलव ५, बागमती प्रदेशमा ६९ दशमलव २, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६ दशमलव ७ र कर्णाली प्रदेशमा ७८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो ।
यस साता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो ।
असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन ढिला भएको हो ।
