सिरहामा सर्पले डस्दा महिलाको मृत्यु

तु खबर संवाददाता
२०८१ असार २९, शनिबार ११:०८
सांकेतिक तस्वीर

सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको थियो ।

उनलाई चाहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो ।

उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।