पहिरोका कारण कुलेखानी–मार्खु सडकखण्ड अवरुद्ध
मकवानपुर । अबिरल वर्षाका कारण पहिरो जाँदा कुलेखानी–मार्खु सडकखण्ड अवरुद्ध भएको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्वर १, सिमलाङस्थित सडकमा माथिबाट पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो ३ बजेको समयमा पहिरो खस्दा उक्त सडकखण्ड अवरुद्ध बनेको हो ।
उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट मार्खुबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोलि खटि गई बाटो खुलाउनको लागि सडक विभाग तथा स्थानीय स्काभेटर चालकसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
